एमालेको ११ औं महाधिवेशन: दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

काठमाडाैं | मंसिर २९, २०८२

एमालेको ११ औं महाधिवेशन: दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।


आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।


आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख डा.विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’


उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेद्वारविरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ । उम्मेद्वारविरुद्धको छानविन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
 

हिजोदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्